काठमाडौं । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको बैठक यो पटक सोमबार नबसेर मंगलबार बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना उपचारबारेको निर्णयमा पुनर्विचार गर्नसक्ने एक मन्त्रीले जानकारी दिए । उनले बैठकका एजेण्डा प्राप्त भैनसकेको भन्दै केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए ।स्रोतका अनुसार सरकारले कोरोना परीक्षण तथा उपचार नागरिक आफैले गर्नुपर्ने निर्णयको सर्वत्र विरोध र आलोचना भएपछि उक्त निर्णयबारे छलफलपछि पुनर्विचार गर्ने सम्भावना रहेको छ । बालुवाटार स्रोत भन्छ, ‘उपचार तथा परीक्षणमा शुल्क लिने निर्णयको आलोचना र विरोध भयो । सम्भवतः यो निर्णयमा पुनर्विचार हुन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७