सुर्खेत- सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ ।
उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो ।
ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि असोज ३० गते बेलुका प्रदेश अस्पतालमा भर्ना भएकी महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि कात्तिक १ देखि आईसीयूमा राखिएको थियो ।
कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप पौडेलका अनुसार कात्तिक १ गते बिहान स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७