काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।
आज थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७