खोटाङ – खोटाङमा ट्याक्सी दुर्घटनामा परेको छ । जिल्लाको बराहापोखरी गाउँपालिकामा सोमबार बेलुका भएको उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भइसकेको खोटाङ प्रहरीले जनाएका छ ।
दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।
त्यस्तै, २८ वर्षीय छत्रबहादुर राई, नौ महिनाका दिप्सन राई, ३० वर्षीय दीपक परियार र ३२ वर्षीया नविना राई घाइते भएका छन्। दुर्घटनामा परेकाहरु एकै परिवारकासमेत रहेको जनाइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७