Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ३, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

१ दिन अघि
२

सुनचाँदीको मूल्य घट्यो

१ दिन अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

३ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

१ महिना अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
८

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

१ महिना अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सुनचाँदीको मूल्य घट्यो

१ दिन अघि
१२

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

३ दिन अघि

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदा प्राधिकरण चिन्तामा

प्रकाशित मिति: २०७७ कार्तिक १२, बुधबार (४ साल अघि)

  • २३० पटक पढिएको
  • काठमाडौं – यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ ।

    दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर (स्पिल) जाँदैछ । अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल विद्युत प्राधिकरणसँग न तत्कालै खपत बढाउने न कुनै विकल्प छ, न त भारत नै पठाउन सकिने अवस्था नै ।

    प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार अहिले दिउँसो २०० मेगावाट राती ३ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।

    बिहान र बेलुकाको पिक समयमा भने अधिकतम् रुपमा नेपालबाट उत्पादित सबै बिजुली उपयोग हुन्छ । थोरै परिमाणका मात्रै भारतबाट बिजुली ल्याउँदा पिक आवरको माग धानिन्छ ।

    भट्टराईका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय मेगावाटसम्म बिजुलीको माग छ । दिउँसो ७ सय मेगावाटसम्म माग हुन्छ । राति ५ सय देखि साढे ५ मेगावाटमा झर्छ ।

    हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बाध्यता छ । बिहारमा बिजुली आदानप्रदान गर्न सकिने भएपनि यो वर्ष बिहार सरकारले पनि बिजुली लिन चासो देखाएको छैन ।

    प्राधिकरणलाई यसरी खेर गइरहेको बिजुली अहिले सबभन्दा चिन्ताको विषय बनेको छ । प्राधिकरणलाई अबको केही हप्ता खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन समस्याको विषय बन्ने देखिएको छ ।

    यो वर्षको राम्रो वर्षापछि नदीहरुमा पानीको सतहसँगै बिजुलीको उत्पादन बढेको छ । देशभित्र उत्पादन बढेकाले भारतबाट आउने बिजुलीको परिमाण ह्वात्तै घटेको छ ।

    राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको छ । दशैंको बेलामा त झन दिउँसो पनि बिजुली खेर जाँदै छ ।

    लकडाउनपछि कलकारखाना, होटल पूर्णक्षमतामा चल्न सकेका छैनन् । यसले गर्दा विद्युत माग बढ्न सकिरहेको छैन । दशैं–तिहारमा धेरैजसो उद्योग–कलकारखाना पनि अब बन्द हुन्छन् । बिजुली उत्पादन भने नदीहरुमा सफा पानीको बहावले गर्दा पनि अझ बढेको छ ।

    यी विविध कारणले अबको करिब एक महिना बिजुलीको माग/खपत घट्ने निश्चित छ । यो अवस्थामा अबको केही महिना प्राधिकरणलाई धेरै बिजुली खेर जान नदिन ठूलो चुनौती हुनेछ ।

    प्राधिकरणले माग भन्दा उत्पादन धेरै भएपछि आफ्ना आयोजनाका उत्पादन युनिटहरु बन्द गर्नुपरेको छ । यसो गर्दा बिजुली खेर जान्छ ।

    प्राधिकरणले दिउँसो आन्तरिक उत्पादनले नथेग्दा कुनै–कुनै घण्टा एक सय मेगावाटसम्म बिजुली भारतबाट ल्याइरहेको छ । साँझको पिक आवरमा माग बढ्दा करिब २५० मेगावाट बिजुली आयात गर्नुपरिरहेको छ ।

    अहिले रातको सयममा करिब ५ सय मेगावाटसम्म बिजुलीको माग छ । जबकी नेपालमा प्राधिकरणका आफ्ना र निजी जलविद्युत प्रवद्र्धकका आयोजनाबाट एक हजार मेगावाटभन्दा बढी बिजुली प्रणालीमा निरन्तर उपलब्ध हुँदैछ ।

    निजी क्षेत्रले करिब ६ सय मेगावाट र प्राधिकरणका आयोजनाहरुले ४५० मेगावाट हाराहारी बिजुली निरन्तर उत्पादन गर्न सक्छन् । कुलेखानीको १०६ मेगावाट यसमा जोडिएको छैन । उत्पादित बिजुली खेर जान नदिन हजार मेगावाटसम्म बिजुलीको माग अत्यावश्यक छ ।

    प्राधिकरणले निजी उत्पादकका बिजुली लिनैपर्ने गरी ‘टेक अर पे’ मोडलमा खरिद सम्झौता गरेको छ । निजी उत्पादकहरुको बिजुली नलिए पनि त्यसको बिल तिर्नुपर्ने भएकाले प्राधिकरणले आफ्नै आयोजनाहरु बन्द गरेर बिजुली खेर फाल्ने गरेको छ ।

    ३०० मेगावाटआवर बिजुली एक घण्टा खेर जाँदा ३० लाख युनिट खेर जान्छ । ३० लाख युनिट बिजुली खेर जाँदा प्राधिकरणलाई करिब ३ करोड रुपैयाँ नोक्सान हुन्छ । राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले यसअघि पनि लाखौं युनिट बिजुली खेर गइरहेको थियो ।

    अहिले वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । कात्तिक, मंसिर र पुस मध्यसम्म नदीहरुमा सफा पानीको अवरोधरहित बहाव हुँदा धेरै बिजुली खेर फाल्नुको विकल्प छैन ।

    विगतका गत वर्षामा आयोजनाहरू चलाएर करोडौं बिजुली भारतमा पठाइएको थियो । अहिले दैनिक केही समय भारतको बिहारबाट बिजुलीको माग हुँदा निर्यात पनि गरिन्छ । भारतबाट बिगतमा जसरी माग भएको छैन ।

    यो वर्ष बिहारमा पनि बिजुली खपत घटेको छ । सरकारी स्तरमा समझदारी नभएकाले नेपालको खेर जाने बिजुली किन्न भारत बाध्य छैन । यसअघि पनि प्राधिकरणकै पहलमा बिहारमा बिजुली पठाइन्थ्यो । तर, अहिले प्राधिकरणमा विगतमा जसरी पहल गर्नसक्ने नेतृत्व पनि छैन ।

    खेर जाने बिजुली बिहारमा बिजुली बेच्न दैनिक रुपमा त्यहाँका अधिकारीसँग छलफल र सम्वाद गर्नुपर्ने हुन्छ । अहिले प्राधिकरणमा त्यस्तो समन्वय गर्न सक्ने किसिमको नेतृत्व छैन । यो अघिल्लो वर्षको वर्षातमा प्राधिकारणले ८० करोडभन्दा बढीको बिजुली भारत पठाएको थियो ।

    नयाँ अड्चन नथपिए आगामी पुससम्म माथिल्लो तामाकोसी आयोजना (४५६ मेगावाट)बाट बिजुली उत्पादन हुने अवस्था छ ।

    वर्षायाममा बढी हुने बिजुली देशभित्रै खपत गर्ने सरकारी योजना अलमलमा छ । अबको एक वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ९० युनिट बढाउने सरकारी लक्ष्य छ । अहिले २६० युनिट रहेको प्रतिव्यक्ति बिजुली खपत ३५० युनिटमा पु¥याउने योजना छ ।

    तीन वर्षअघि यस्तो खपत १५० युनिट थियो । सरकारको लक्ष्य पूरा हुन अबको दुई वर्षमा यस्तो खपत दर ७०० युनिट पुग्नुपर्छ । तर, देशभित्र ऊर्जा खपतलाई प्रोत्साहन गर्ने नीति यही वर्ष आएन ।

    इन्डक्सन चुल्हो, विद्युतीय सवारी साधन र विद्युतीय उपकरणमा कर वृद्धि गर्ने निर्णयले आन्तरिक खपत निरुत्साहित भएको ऊर्जासम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन् । नेपालले कि ठूलो मात्रामा आन्तरिक बिजुली खपत बढाउनु, कि त भारतीय बजारमा बेच्नुको विकल्प छैन ।

    सरकारले विद्युत प्राधिकरणलाई भारतको बोलकबोलमा बिजुली बिक्री हुने ‘डे–अहेड’ र ‘टर्म–अहेड’ मार्केटमा बिजुली बेच्न पूर्वस्वीकृति त दिएको छ, तर भारतले अहिलेसम्म आफ्नो बजारमा प्राधिकरणलाई बाटो खोलिदिएको छैन । भारतको ‘एनटीपीसी विद्युत ब्यापार निगम लिमिटेड’ (एनभीभीएन)सँग यसबारे छलफल भइरहेको दावी सरकारको छ ।

    भारतको अन्तर्राष्ट्रिय विद्युत ब्यापार सम्बन्धी निर्देशिकाअनुसार विदेशबाट ल्याएको बिजुली सीधै बेच्न पाइँदैन । विदेशी विद्युतको व्यापार एनभीभीएनमार्फत मात्र गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।

    प्राधिकरणले एजेन्सीका रुपमा एनभीभीएनसँग काम गर्ने सहमति गत वर्ष जनाएको छ । अब निर्देशिकाअनुसार भारतको ऊर्जा मन्त्रालयले ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गर्न बाँकी छ ।

    तर, नेपालमा भने दैनिक करोडौंको बिजुली उत्पादन हुने आयोजना बन्द गरेर बिजुली खेर फाल्नुपरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    १ दिन अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    १ दिन अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ३ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution