‘राजनीतिक प्रतिवेदन आउँदैमा कोही पनि आत्तिनु पर्दैन। मैले उठाएका कुरा जनताले थाहा पाएका छन्। पार्टीभित्र बहस चलेको छ। ओलीजीले पनि प्रतिवेदन ल्याउँछु भन्नुभएको छ। उहाँले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ त्यो हेर्नुपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै नेता गजुरेलले भने, ‘प्रतिवेदनहरूले छलफल र समस्या समाधान गर्न मद्दत गर्छ। मेरो प्रतिवेदनले पार्टी फुट्दैन। पार्टी एकताकै लागि मैले पहल गरिरहेको छु।’
दाहालले पार्टी एकता कायम राख्ने नराख्ने भन्ने विषयमा बल प्रधानमन्त्री ओलीको कोर्टमा रहेको पनि बताएका थिए। उनले प्रधानमन्त्रीले जबर्जस्ती बहुमत पु¥याउने नाममा गणितको खेल खेल्न थालेको भन्दै त्यसलाई रोक्नुपर्ने पनि बताएका थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट