काठमाडौँ – सभामुख अग्नी प्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन् । समन्वय नभएको, गृहकार्य नपुगेको र पुर्वतयारी पनि नभएको भन्दै सभामुख नजाने निर्णय भएको बताइएको छ।
अहिले विभिन्न निकायमा गरेर ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त गरी ३ पद खाली छ । त्यस्तै, निर्वाचन आयोगमा २ आयुक्त पद रिक्त छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । राष्ट्रिय दलित आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । समावेशी आयोगमा अध्यक्ष सहित ४ पद रिक्त छ ।
आदिवासी तथा जनजाती आयोगमा अध्यक्ष सहित ५ पद रिक्त छ । मधेशी आयोगमा ४ आयुक्त पद रिक्त छ । थारु आयोगमा ४ आयुक्त पद रिक्त छ ।
मुस्लिम आयोगमा ४ आयुक्त पद रिक्त छ । राष्ट्रिय मानव अधिकार आयोगमा केही समय अघि मात्रै अध्यक्ष सहित ४ आयुक्तको पद एकै पटक रिक्त भएपछि त्यहाँ पनि अध्यक्ष सहित ५ पद रिक्त छ । यसरी विभिन्न आयोगहरुमा लामो समयदेखि पदपुर्ती हुन सकेको छैन ।
यिनै रिक्त रहेका पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले संवैधानिक आयोगको बैठक डाकेका हुन्।
परिषद्को बैठकबारे सभामुख लगायतका सदस्यहरुसँग छलफल पनि नगरि बैठक बोलाएको बताइन्छ । परिषद् अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समन्वय नगरीकनै बैठक बोलाएपछि सभामुख नजाने निर्णयमा पुगेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७