काठमाडौं – किसानलाई उखुको मूल्य भुक्तानी गरेको विवरण पेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चिनी उद्योगीलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको छ ।
उता चिनी उद्योगीहरुले भने माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका थिए ।
छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टसँग माइतीघर मण्डलामा आन्दोलन गर्ने व्यक्तिहरु उखुकिसान नभएको जिकिर गरे ।
मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया दाबी गरेको बताए ।
मंगलबार विहान ११ बजे उद्योग मन्त्रालयले आयोजना गरेको छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने मन्त्री भट्टले जानकारी दिए ।
उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले आजसम्म विवरण पेश गर्न निर्देशन दिएका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७