काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छ्न् । बैठक मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बस्नेगरी बोलाइएपनि ११ बजेबाट मात्रै सुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो ।
संवैधानिक परिषद बैठक लगत्तै मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले बैठक बोलाएपनि मंगलबार बिहानको संवैधानिक परिषद बैठकमा गणपुरक संख्या नपुगेपछि बेलुका ५ बजेलाई अर्को बैठक बोलाइएको छ ।
मंगलबार विहानको बैठकमा परिषद सदस्य रहेका सभामुख अग्नि सापकोटा उपस्थित भएका थिएनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७