काठमाडौं – प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् ।
सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने ।
यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने अध्यादेश ल्याएपछि कांग्रेसले आपत्ति जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७