काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपाका अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने तय भएको बैठकमा आज सरकारले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे बहस हुने भएको छ ।
नेकपाभित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत स्थायी कमिटी सदस्यहरु अध्यादेशको विपक्षमा छन् । आज यसबारे समेत स्थायी कमिटीले निर्णय लिने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने या नहुने टुंगो छैन । सरकारले अध्यादेश ल्याएर जारी भइसकेकोमा त्यसलाई फिर्ता गर्न नेकपाभित्रबाट माग भइरहेको छ । आजको बैठकले त्यसबारे निर्णय लिने बुझिएको छ । बहुमत सदस्य अध्यादेशको विपक्षमा भएकाले फिर्ता गर्न आग्रह गरिने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७