काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि भेटवार्ता सुरु भएको छ ।
नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । यो सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेका छन् ।
उनले संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पुर्याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
जवाफमा प्रचण्डले पहिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुस् भनेका छन् । स्रोतका अनुसार फोनमै दुई नेताबीच केहीबेर भनाभन भएको थियो ।
त्यसपछि अहिले दुई नेता छलफलमा जुटेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७