नेकपाभित्रको विवाद उग्र बन्दै जाँदा स्थायी समिति बैठक प्रभावित बनेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न नसकेको हो । बरु सहमतिको पहलस्वरुप बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पुनः छलफल सुरु भएको छ। यसअघि आजै दुई अध्यक्षबीच वान टु वान छलफल भएकोमा दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल समेत सहभागी छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिवसहित दुई अध्यक्षबीच छलफल सुरु भएको बताए । प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७