काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे ।
प्रवक्ता श्रेष्ठले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे । यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७