काठमाडौँ – सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । नेता नेपालले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तुरुन्त फिर्ता लिनुपर्ने बताए ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस भएपछि नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको प्रतिक्रिया दिए ।
‘प्रधानमन्त्रीले सिफारिस गर्नुभएको हो भने त्यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हुनेछ । यो कदमको देशव्यापी रुपमा सबैले निन्दा र भर्त्सना गर्नेछन् । र, प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस्तो काम भएको हो भने उहाँले कलंकको टिका लगाउनु भयो,’ नेता नेपालले भने, ‘यो पार्टीका निम्ति दुर्भाग्यको कुरा हुने छ । लोकतन्त्रको निम्ति पनि दुर्भाग्पूर्ण कदम भएको छ । अविलम्ब उहाँले जहाँ उभिनु भएको छ, त्यहाँबाट फिर्ता हुनुस् । विघटनको तहमा पुग्नु हुँदैन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७