काठमाडौँ – नेकपाका केन्द्रिय कमिटि सदस्य तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले संसद विघटनको सिफारिस गैरजिम्मेवारपूर्ण कार्य रहेको बताएका छन् ।
हरप्रहरसँग कुरा गर्दै नेता प्रधानले प्रधानमन्त्रीको यो कदमलाई लोकतान्त्रिक मूल्य मान्य विपरित रहेको बताए । यस्तो गैर जिम्मेवारपूर्ण कदमलाई न त नेपाली जनता न त अन्तराष्ट्रिय समुदायबाट स्विकार गर्न सकिने भन्दै यस कदमको खारेजी गर्नु पर्ने बताए ।
आज बस्ने स्थायी कमिटि बैठकले पनि प्रधामन्त्री र प्रधानमन्त्रीको यस कदमको विषयमा गम्भिर निर्णय हुने उनले जानकारी दिए । प्रधानमन्त्रीले यस सिफारिस नेपाली नागरिकको हैसिएतले नगरिएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७