काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु अघि नै नेकपाका ९० सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका छन् । नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ ।
९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।
प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ । यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७