काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको निर्णय असंवैधानिक भएकाले मान्य नहुने बताएका छन् ।
संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताए । प्रधानमन्त्रीले निरंकुश तरिका अवलम्बन गरेको भन्दै उनले भने, यसको विरोध गर्छौं र संसद विघटित भएको ठान्दैनौं ।’
प्रधानमन्त्रीले गरेको असंवैधानिक परिसर राष्ट्रपतिले स्वीकार गर्नु खेदजनक भएको समेत उनले बताए । राष्ट्रपतिज्यूले जुन हिसावले स्वीकार गर्नुभयो, त्यो खेदजनक छ’ उनले भने, ‘ बाटोमा हिँड्दाहिँड्दै निर्णय गर्नुभयो भने मान्दिने ?’
असंवैधानिक निर्णयको प्रतिवादका लागि संवैधानिक र राजनीतिक उपायहरु खोजिने उनले बताए । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका बहुमत सदस्य बहुमत संसद विघटनको विपक्षमा रहेको भन्दै उनले भने, ‘प्रतिनिधिसभाको ९० जनााको हस्ताक्षर भइसकेको छ । दुईमन्त्री, रघुवीर महासेठ लगायत जोड्दा ९५/१०० जना हुन्छ राष्ट्रियसभामा पनि २४ हस्ताक्षर भइसकेको छ ।’
उनले अघि भने, ‘संसदीय दलमा पनि उहाँ बहुमतमा हुनुहुन्न, नेतामा रहन योग्य हुनुहुन्न ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७