काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठकका लागि नेकपा र जनता समाजवादी पार्टीका नेताहरू पुगेका छन्।
बैठकका लागि पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बारे छलफल हुने र विरोध कार्यक्रम तय हुनेछ ।
आइतबार नै कांग्रेस, नेकपाको दाहाल-नेपाल समूह तथा जसपाका नेताहरूले अनौपचारिक छलफल गरेर संयुक्त विरोध कार्यक्रम गर्ने तय गरेका थिए ।
आइतबारको छलफलमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जसपा नेता बाबुराम भट्टराईले संयुक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७