काठमाडौँ – सत्तारुढ नेकपाका १ सय १४ सांसद प्रधानमन्त्री केपी ओलीविरुद्ध उत्रिएका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर १ सय १४ सांसद सोमबार बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा भेला भए । उनीहरुले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा निरंकुश रहेको निस्कर्ष निकालेका छन् ।
भेलाले सभामुखलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएर तत्काल प्रतिनिधिसभा बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आवश्यक परे संसदबाट अर्को सरकार घोषणा गर्ने र राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने तयारी समेत भएको भेलाका सहभागी एक सांसदले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदमा मन्त्रीहरुको विरोधबीच संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने सिफारिस राष्ट्रपति समक्ष गरेका थिए । नेकपा स्थायी समितिले यसअघि उनलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिसमक्ष सिफारिस गरेको थियो । केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७