काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बोलाएको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बर्तमान अवस्थामा नेकपाको केन्द्रीय सदस्य ४४७ जना रहेका छन् । सोही केन्द्रीय सदस्यलाई हिसाब गर्ने हो भने प्रचण्ड-नेपाल पक्षमा दुई तिहाइ नेताहरु छन् ।
बिहान नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । जहाँ नयाँ निर्णयहरु पनि गरिएको थियो ।
यता प्रचण्ड-नेपाल पक्षले पनि बबरमहलस्थित कार्की प्यालेसमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग बैठक सम्पन्न गरेका छन् । प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्यहरुले केपी ओलीलाई नेकपाको अध्यक्षबाट हटाएर माधव कुमार नेपाललाई अध्यक्ष चयन गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७