काठमाडौं – नेकपाको प्रचण्ड–माधव पक्षले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु माइतीघरमा भेला भएर आन्दोलनको सुरुवात गरेका हुन् ।
संसद विघटनविरुद्ध संघर्षमा उत्रिएका नेता कार्यकर्ताले ‘नेकपा जिन्दावाद, असंवैधानिक कू खारेज गर, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, संसद बैठक सुरु गर, प्रतिगमनकारी होसियार’ लगायतका नारा लगाएका थिए । त्यसक्रममा अध्यक्षद्वय प्रचण्ड र नेपाल सडकमै पलेटी कसेर बसेर आन्दोलनको नेतृत्व गरेका छन् । माइतीघरमा प्रदर्शनपछि सो समुह सर्वोच्च अदालत जाने तयारीमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७