काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली पक्षधर, र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षधरबीच अहिले एक अर्काविरुद्ध प्रहार गर्ने काम भैरहेको छ ।
दाहाल-नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाको विवाद अब प्रदेशदेखि स्थानीय तहसम्म पुगेको छ। दाहाल-नेपाल समूहले प्रदेश-१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरेको छ ।
यसअघि पनि दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको थियो । उक्त समूहले उक्त प्रदेश सभामा आफूहरुको बहुमत रहेको दाबी गरेको छ । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्। राईलाई विस्थापित गरेर प्रदेश नम्बर १ मा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई अघि सार्ने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७