काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको प्रति पुन: विरोध जनाएकि छिन् । उनले संसद विघटन गर्ने असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि नपुग्ने बताएकी हुन् ।
शनिबार ट्विट गर्दै झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य भएको बताइन् । ‘हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो’, उनले भनिन् , ‘काम गर्न सकिन भनेर जाने संसदमा हो, संसद नै विघटन गर्ने ओली कदमको जति निन्दा गरेनी पुग्दैन ।’ संसद विघटन गर्ने कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको उनको जिकिर छ ।
भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो।हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो।काम गर्न सकिन भनेर जाने संसदमा हो।संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन।यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।
— Ram kumari Jhakri (@Jhakri_didi) January 2, 2021
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७