काठमाडौं – नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहका नेताहरुमाथि ‘श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्दै अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंको कार्की बैंक्वेटमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै ओलीले छुट्टै बैठक गरेका नेताहरुलाई कडा आलोचना गरे ।
उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो ।
ओलीले भने, ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ अत्तर छर्किनुपर्छ ।’
यति भन्दा–भन्दै पनि ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरुलाई पार्टीमा आउन आग्रह गरे । नेताहरुमा कुर्सीको पीर भएकाले कुर्सी यथावत राखिएको भन्दै उनले भने, आउनुस् । तर, उहाँहरु आउनु भएन भने पनि यो अभियान अगाडि बढ्छ । दुई–चारवटा पीलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७