काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र एकता अभियान घोषणा गर्ने भएका छन् । उनले त्यसका लागि लगभग तयारी पूरा गरिसकेको बुझिएको छ ।
गौतम निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गरेर दुई दिनभित्र एकता अभियानको घोषणा हुनेछ । अभियानमा १५०१ सदस्यीय कमिटी हुनेछ । यसको संयोजक वामदेव गौतम स्वयं हुनेछन् ।
नेकपा विभाजन भएपछि कुनैपनि समूहमा नलागेका गौतमले अन्तिम समयसम्म एकताका लागि संघर्ष गर्ने बताइसकेका छन् । उनले त्यसका लागि दबाब दिन अभियान चलाउन लागेका हुन् । अभियानमा नेकपाको ओली र प्रचण्ड कुनैपनि समूहमा आवद्ध नभएकाहरु हुनेछन् ।
एकता अभियानमा रहनेहरुको नामावली संकलन गरिसकिएको बुझिएको छ । यसमा गौतमका निकटस्थहरु बढी रहनेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७