एजेन्सी – गत वर्ष महामारीका कारण उडान बन्द रहेको कारण आकाशमा जहाज खासै देखा परेका थिएनन् । उडान कम्पनिहरुको स्तर र अवस्थाको समेत खासै चासो भएन ।
यस वर्ष एयरलाइन्स रेटिङले सुरक्षीत एयरलाइन्सको सुची सार्वजनिक गरेको छ । महामारीलाई मध्यनजर राखी २० वटा एयरलाइन्स सुरक्षीत रहेको जनाइएको छ । यस वर्ष सुरक्षित एयरलाइन्समध्ये प्रथम स्थान बनाउने अष्ट्रेलियाको क्वान्टस एयरलाइन्सले बाजी मारेको छ । क्वान्टासका पाइलटले महामारी पश्चात उडान भर्न ६ दिनको तालिम लिई पुनः उडान गर्न सुरु गरेको थियो ।
यस वर्षको सुरक्षीत एयरलाइन्सको सुची यस्ता छन्
क्वान्टस, कतार एयरवेज, एयर न्युजील्याण्ड, सिंगापुर एयरलाइन्स, एसिरेट्स, इभा एयर, एसिहाड एयरवेज, अलास्का एयरलाइन्स, क्याथी प्यासिफिक एयरवेज, ब्रितिश एयरवेज, भर्जिन अष्ट्रेलिया,हवाइयन एयरलाइन्स, साउथ वेस्ट एयरलाइन्स, डेल्टा एयरलाइन्स, अमेरिकन एयरलाइन्स, सास, फिनायर, लुफतान्जा, केएलएम र युनाइटेड एयरलाइन्स ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७