काठमाडौँ – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संकटकाल लगाउने तयारी गरिरहेको बताएका छन् ।
उक्त समूहले बुधबार राजधानीमा गरेको अन्तरपार्टी अन्तरक्रियामा अध्यक्ष नेपालले संकटकाल लगाउने र मुलुकलाई थप संकटतिर लैजाने योजनामा ओली रहेको दाबी गरे । तर, ओलीले त्यस्तो काम गर्न नसक्ने जिकिर नेपालले गरे । ‘सुनेको छु, संकटकाल लगाउने तयारी छ भन्ने’, नेपालले भने, ‘तर, त्यस्तो षड्यन्त्रको सपना नदेखे हुन्छ ।’
नेपालले ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेको भन्दै त्यो व्यवस्थाविरुद्धकै कदम भएको टिप्पाी गरे । ‘संसद विघटनको कदम नेकपा सिध्याउन मात्र होइन, व्यवस्था र देश नै सिध्याउन गरिएको हो’, उनले भने । घर झगडा भएको बहनामा घर नै सिध्याइदिने मानसिकता हाबी भएका कारण ओलीले संसद विघटन गरेको आरोप नेपालले लगाए ।
‘केपी ओलीको असंवैधानिक कदम सिंगो व्यवस्थाविरुद्ध, संघीयताविरुद्ध, गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थाविरुद्ध छ’, अध्यक्ष नेपालले भने, ‘तर, हामी त्यसलाई सफल हुन दिँदैनौं ।’
‘
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७