काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको संसद भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार ट्वीट गर्दै देउवाले युएस कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको बताए ।
उनले लेखेका छन्, ‘अमेरिकी कँग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको छु । सत्ता हस्तान्तरण शान्तिपूर्वक हुनुपर्छ भनेर जनताले बोलिसकेका छन् । हामी अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्छौं ।’
I am shocked by the outrageous scenes at US Congress! The people have spoken – the transition to the next government must be peaceful! We wish the all US citizens peaceful days ahead!
— Sher Bahadur Deuba (@SherBDeuba) January 7, 2021
राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणित अमेरिकी संसदको संयुक्त बैठक बसेका बेला बुधबार ट्रम्प समर्थकले संसद भवनमा छिरेर तोडफोड गरेका थिए। घटनामा ४ जनाले ज्यान गुमाएका छन् र दर्जनौं पक्राउ परेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७