काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै आगामी माघ १ गते परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।
यस सन्दर्भमा ओलीले भने, ‘जनवरी १४ तारिख (माघ १) मा परराष्ट्रमन्त्री ज्ञवाली भारत जादैछन् । भ्रमणमा उनले सीमा नाकाबारे पनि कुरा गर्ने छन्’। उनले कालापानी, सुस्तालगायतका सीमा विवादका विषयहरुमा समेत छलफल गर्नेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७