काठमाडौं – विश्वको दश खराब पासपोर्टमा नेपालको पनि परेको छ । नेपाल विश्वको उत्कृष्ट पासपोर्टहरुको सूचीमा पुछारबाट नवौं स्थानमा परेको छ ।
पासपोर्टहरुको शक्तिको मापन गर्ने हेनले पासपोर्ट इन्डेक्सले जारी गरेको रिपोर्टमा नेपाल नवौं स्थानमा परेको हो । नेपाली पासपोर्टबाट भीसा फ्री र एराइभल भीसा पाउन सकिने ३८ देशहरु मात्र गन्तव्यमा परेका छन् । नेपालसँगै लिबिया पनि नवौं स्थानमा छ ।
विश्वको सबैभन्दा खराब पासपोर्ट अफगानिस्तानको रहेको छ । त्यसपछि इराक, सिरिया, पाकिस्तान, सोमालिया, यमन, पेलिस्टाइन रहेका छन् । नेपालभन्दा उत्तर कोरियाको पासपोर्ट एक अंकले माथि छ ।
विश्वको सबैभन्दा कमजोर पासपोर्टमा एशियाकै देशको संख्या बढी रहेको छ । तर, रोचक पक्ष यो छ कि शक्तिशाली पासपोर्ट पनि एशियाली देशकै छ । जापान विश्वकै शक्तिशाली पासपोर्ट भएको देश बनेको छ । जापानको पासपोर्टबाट फ्रि भीसा र भीसा अन एराइभलमा १९१ गन्तव्य छन् । त्यसपछि सिंगापुर, दक्षिण कारिया र जर्मनी छन् । युरोपका देशहरुको पासपोर्ट बढी शक्तिशाली देखिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३