काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकोआकस्मिक बैठक डाकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आज बैठक डाकेका हुन् ।
आजको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ । उता संघीय संसद नयाँ बानेश्वरमा बसेको राष्ट्रियसभाको कार्यब्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको हिउँदे बैठक अन्त्य गर्ने संकेत आफूले पाएको कार्यव्यवस्था समितिमा बताएका छन् ।
समितिको बैठकमा बोल्दै नेकपा प्रचण्ड–नेपाल पक्ष तथा नेपाली काँग्रेसले जनताको जनप्रतिनिधिमूलक संस्थाको अविधेशन बन्द गर्न नहुने बताएको राष्ट्रियसभाका काँग्रेसका तर्फबाट प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकबाट आजै राष्ट्रपतिलाई हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी रहेको छ । राष्ट्रियसभाको आजको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको तय गरिएको प्रमुख सचेतक देवकोटाले जानकारी दिइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३