काठमाडौं – राष्ट्रिय सभाको सातौं (हिउँदे) अधिवेशन अन्त्य भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको सरकारले त्यसको १२ दिनपछि पुस १७ गते राष्ट्रिय सभाको बैठक किन बोलायो ? फेरि, अधिवेशन सुरु भएको १० दिनमै किन अन्त्य गर्यो ? यसका पछाडि के कस्ता कारण छन् ? भन्ने अहिलेको मुख्य प्रश्न हो ।
तथ्यहरुले राष्ट्रिय सभाको बैठक बोलाउनु बाध्यात्मक रहेको देखाउँछ भने हठात अन्त्य गर्नुको अन्तर्य सरकार अल्पमतमा रहेको दर्शाउँछ ।
बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था संविधानमा छ । तर, राष्ट्रिय सभा विघटन हुनै नसक्ने परिकल्पना संविधानले गरेको छ । संविधानको धारा ८६ मा ५९ सदस्य रहेको राष्ट्रिय सभा एक स्थायी सदन हुने उल्लेख छ । संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने उल्लेख छ । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।
गत असार १८ गते वर्षे अधिवेशन अन्त्य भएको थियो । ठीक ६ महिना पुगेको दिन राष्ट्रिय सभाको अधिवेशन सुरु भएको थियो । यो संवैधानिक संकट टार्न सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभाको बैठक बोलाएकी थिइन् । यो बाध्यात्मक थियो । यहि बाध्यात्मक संवैधानिक व्यवस्थाका कारण बोलाइएको राष्ट्रिय सभाको बैठक जम्मा १० दिनमा चार वटा बैठक बसेर सकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३