काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद देखा परेपछि नेपाली कांग्रेसका सभापति शेर देउवालाई अफरका चाङ्ग आउने गरेका छन् ।
कहिले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अनेक अफर देउवासामु आउछन् त कहिले नेकपाका दाहाल नेपाल पक्षका अफरले देवालाई पछ्याउन थालेका छन् ।
वुधबार साँझ मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ ।
देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका थिए । भेटबारे कांग्रेस उच्च स्रोतले बताए अनुसार प्रचण्ड र नेपालले नै भेटेर कुराकानी गरौं भन्ने प्रस्ताव गरेपछि देउवाले भेटघाट गरेका हुन् ।
दाहाल नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा केन्द्रमा मात्र होइन, प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतले खुलासा गर्यो ।
भेटमा देउवाले भने अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३