काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध शनिबार देशभरका सबै स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन आह्वान गरेका हुन्।
‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध कांग्रेसले विभिन्न चरणमा देशव्यापी प्रदर्शन गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३