काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिगतमा पार्टीका विभिन्न व्यक्तिलाई लखेटेको लखेटेकै गरेको आरोप लगाएका छन् ।
प्रचण्डले आफ्नो राजनीतिक गुरु मोहन वैद्यलाई पनि त्यसैगरी लखेटेर पार्टीको बास मिलाई दिएको आरोप लगाए ।
शनिबार काठमाडौंमा प्रधानमन्त्री ओली समुहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड जुन पार्टीमा गएपनि त्यहाँ भाँडभैलो हुने गरेको बताए ।
अध्यक्ष प्रचण्डले डाक्टर बाबुराम भटट्राईलाई पनि प्रयोग गर्नुसम्म गरेर अन्त्यमा लखेटेकाे प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले प्रचण्डलाई खास ठाउँमा डा. लेखिएको व्यक्ति चाहिएको र पछि डा. न सा भनेकाे आरोप लगाए ।
प्रधानमन्त्री ओलीले अहिले डाक्टर मान्छेले धोती कुर्ता लगाएर हिडिरहेको भन्दै व्यंग्य गरे । उनले भने, प्रचण्डलाई त्यतिबेला डा. लेखिएको मान्छे चाहिएको रहेछ, डा.पनि खास ठाउँको, खुब प्रयोग गरे पछि विचरा डा न सा, अहिले त धाेती कूर्ता लगाएर हिड्नुहुन्छ उहाँ ।’
त्यस्तै प्रचण्डले विप्लवलाई भने जंगलतिर लखेटेको आरोप लगाए । तर आफूभने प्रचण्डसँग नहारेको प्रधानमन्त्री ओलीले जिकीर गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३