खोटाङ — नापी गर्न आएका कर्मचारीले नै सार्वजनिक जग्गा आफ्नो नाममा गरेको खुलेको छ । जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानीस्थित करिब ३ रोपनी जग्गा नापीका कर्मचारी र स्थानीयको नाममा दर्ता गरिएको खुलेको हो ।
मालपोत कार्यालय खोटाङको रेकर्डअनुसार २०४२ मा नापी गर्न आएको टोलीका कर्मचारी (अमिन) चन्द्रबहादुर श्रेष्ठ (कित्ता नं ४९५), तोसलकुमार पोखरेल (कित्ता नं ४९६), स्थानीय प्रेमबहादुर बस्नेत (कित्ता नम्बर ४९७) र सुक्रिमबहादुर राई (कित्ता नं ४९८) को नाममा जग्गा दर्ता रहेको खुलेको जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राईले बताए । प्रेमबहादुरले आफ्नो नाममा दर्ता गरेर माथबरसिं राउतलाई बेचेको जग्गाको क्षेत्रफल भने चार आना एक पैसा छ ।
माथबरसिंले २०६७ चैतमा उक्त जग्गा किनेका हुन् । जग्गाको फिल्ड नक्सा (सात नम्बरे फारम) मा भने कसैको नाममा पनि दर्ता नभएको पाइएको अध्यक्ष राईले बताए ।
जग्गा पुस्तौंदेखि कसैले भोगचलन नगरेको र फिल्ड नक्सामा समेत पर्ती उल्लेख भएकाले किर्ते गरेर पास गरिएको उनको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३