एजेन्सी – कोरोना भाइरस फैलिएको एक वर्ष पछि अहिले विश्वका केहि देशमा कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । भारतमा उत्पादित खोप ‘कोविशिल्ड’ भ्याक्सिन भारतले १० लाख डोज दिने भनिएको खोप बिहिबार नेपाल आइपुग्दैछ ।
नेपाललाई दिने भनिएको भारतमा उत्पादित खोप भारतमा ६ लाख भारतिय नागरिकले लगाइसकेका छन् । भारतमा खोप लगाएका मध्ये एक हजार जनालाई यसको साइड इफेक्ट देखिएको छ । जसमा गम्भिर साइड इफेक्ट देखिएकोमा ७ जना मध्ये २ जनाको ज्यान गएको छ ।
कस्ता व्यक्तिले कोरोना विरुद्धको खोप लगाउन हुँदैन भनेर धेरैको जिज्ञासा छ । चिकित्सकका अनुसार गर्भवती महिला, स्तनपान गराइरहेका महिला, धेरै ज्वरो आएका व्यक्तिले कोरोना खोप लगाउन हुँदैन ।
त्यस्तै एलर्जी भएका व्यक्तिले पनि यो भ्याक्सिन लगाउन हुँदैन । इम्युनिटि पावर कम भएका व्यक्ति, पातलो रगत भएका व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाउन नहुने चिकित्सकको सुझाव छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३