काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले आफ्नै सरकारले तोकेको नयाँ निर्वाचनको मिति बिर्सिएका छन् । उनले आज ओली पक्षधर प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निर्वाचनको मिति नै गलत भनेका छन् । उनले वैशाख १७ र वैशाख २७ गतेको निर्वाचनको मितिलाई मंसिर १७ र मंसिर २७ गते भनेर उच्चारण गरेका छन् ।
उनले कुनैपनि संसद पूनःस्थापना नहुने पनि दाबी गरेका छन् । पौडेलले संसद पूनःस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले मुलुक निर्वाचनतर्फ होमिएको जिकिर गरेका छन् । उनले भने,‘प्रतिनिधिसभा पूनःस्थापनाको कुनै सम्भावना छैन् ।’ यद्धपी उनले आफूहरुले सर्वोच्च अदालतको निर्णयलाई हार्दिकताका साथ स्विकार गर्ने स्पष्ट पारे । अब अनुशासित प्रतिनिधिसभाको निम्ति आफूहरु नयाँ निर्वाचनमा जान लागेको जिकिर गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३