काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अबको निर्वाचनमा आफू नेतृत्वको नेकपाको एक्लै बहुमत आउने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले वैशाख १७ र वैशाख २७ गते गर्नेगरि चुनावको मिति घोषणा गरेका छन् । तर, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाहरुमाथि अहिले (संवैधानिक इजलास) मा सुनुवाई जारी छ । बहस गर्ने अधिवक्ताहरुले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भनेर दाबी गरिरहेका छन् ।
यता, प्रधानमन्त्री ओली भने आफू पक्षीय पार्टी कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै संसद पूनःस्थापना नहुने भन्दै चुनावको तयारीमा जुट्न आग्रह गरिराखेका छन् । उनले कुनैपनि हालतमा संसद पूनःस्थापना नहुने दाबी गरिरहँदा नेकपाको दाहाल–नेपाल पक्षले भने सडकबाटै संसद पूनःस्थापना गरिछाड्ने उद्घोषसहित चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ । यसअघि यो पक्षले दुई चरणका आन्दोलन गरिसकेको छ । ओली पक्षले पनि काठमाडौंमा यही माघ २३ गते दुई लाख जनता उतार्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री ओली हिजो विहान एक्कासी ‘पशुपतिनाथ मन्दिर’ को दर्शनमा गए । उनको पशुपति मन्दिरको दर्शन र संकल्प पूजाले देशको राजनीति नै तरंगित बनेको छ । कतिपयले ओलीले एकाएक आफूलाई हिन्दूराष्ट्र पक्षधरको लाईनको नेतृत्वको कित्तामा उभ्याएको भनेर चित्रण गरेका छन् भने कतिपयले ओली पक्षको अबको चुनावको मुख्य एजेण्डा नै–हिन्दूराष्ट्र पूनःस्थापना भनेर दाबी गरेका छन् । त्यस्तै, ओलीको चुनावी अर्को एजेण्डा भनेको संघीयता खारेजी हो । संघीयताप्रति नेपाली जनता बेखुश देखिएका छन् । बारम्बार संघीयता खारेजीको माग उठिरहेको अवस्थामा ओलीले पनि अबको चुनावी एजेण्डामा यसलाई आत्मसात् गर्ने बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३