काठमाडौँ – कोरोनाविरुद्धको अभियानमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मीलगायतलाई आजबाट पहिलो चरणमा खोप अभियान सुरु गरिदैँ छ ।
विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुभारम्भ गर्न लागेको अभियान एकैपटक काठमाडौँका ११ वटा अस्पतालबाट सुरु हुदैछ ।
आजबाट लगाउन सुरु गर्न लागिएको खोप भारतले अनुदान स्वरुप दिएको ‘कोभिशिल्ड’ नामक खोप हो । खोप लगाउने व्यक्ति स्वयं जिम्मवेवार हुनुपर्ने र भवितव्य केहि भइहाले सरकार जिम्मेवार नहुने बारे सरकारले खुलस्त परिसकेको छ । खोप लगाउनु अगाडी खोप लगाउने व्यक्ति स्वयं जिम्मेवार हुने शर्तनामामा हस्ताक्षर गर्नुपर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘कोभिशिल्ड’का कारण केही समस्या उत्पन्न भए, अंगभंग भए वा मृत्यु भएमा पनि खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनु पर्ने छैन । कोरोनाविरुद्धको खोप नयाँ र आपतकालीन प्रयोगको लागि भएकाले कम्पनीले क्षतिपूर्ति नतिर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ।
कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीहरूलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुर्याइसकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३