काठमाडौं – निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्ष र दाहाल–नेपाल पक्षका नेताहरुलाई छलफलको लागि बोलाएको छ ।
आयोगले भोलि विहान साँढे ११ बजे आयोगको कार्यालयमा छलफलको लागि दुवै पक्षका नेतालाई बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र विवाद सुरु भएर दुई पक्ष भएको छ ।
दुवै पक्षले नेकपा आफ्नो समूहको हो भनेर आधिकारिकताको लागि दाबी गरिसकेका छन् । तर, आयोगले ओली र दाहाल अध्यक्ष रहेको नेकपालाई नै मान्यता दिएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरिसकेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३