काठमाडौं – मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा १५५ प्रतिशतले बृद्वि गरेको छ । बैंकले गत वर्षको त्रैमाससम्ममा ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो नाफा ४८.७९ प्रतिशतले बढी हो ।
बैंकको संचालन नाफा पनि चालु आर्थिक वर्षमा बढेर १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा ९८ करोड ५७ रुपैयाँमात्र संचालन नाफा गरेको थियो । त्यस्तै, गत वर्ष सोही अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ६९ करोड कमाएको बैंकले यो चालु आवमा १ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको छ । यसैगरी, निक्षेप संकलनमा पनि ३९.४३ प्रतिशतले र कर्जा परिचालनमा ४३.८९ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ । बैंकको जगेडा कोषको रकम पनि बढेर १ अर्ब भन्दा पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३