काठमाडौं – यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ । बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन । यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।
ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा जानुपर्थ्यो । आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्दैन । प्रविधिको विकास सँगै अनलाइन कारोबार गर्न सकिने भएको छ ।’
अनलाइन मार्फत घरबाटै सेयर कारोबार गरिने भएकाले बजार बन्द नहुने ढुंगानाले स्पष्ट पारेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३