काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा शतप्रतिशत हकप्रद शेयर बिक्रिका लागि निवेदन दिएको छ । बैंकले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रिको लागि असार ४ गते बोर्डमा निवेदन दिएको हो ।
बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्ति गरेकोे छ । बैंकको माघ १६ गते बसेको १९ औं साधारण सभाले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
राष्ट्र बैंकले कम्पनीले १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ हाल चुक्तापुँजीको आधारमा १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति दिएपछि बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३