काठमाडौं – असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ ।
यस्तै साता भर तेजावी सुुनको भाउ दुई हजार ७५० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महिनाको पहिलो दिन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ७ गते ८९ हजार ९५० रुपैयाँमा आइपुगेको छ ।
चाँदी भने साताभर जम्मा ६० रुपैयाँले तोलामा घटेको छ । एक हजार ३५५ रुपैयाँमा असार एक गते कारोबार भएको चाँदीको भाउ ७ गते १२ सय ९५ रुपैयाँ कायम भएको छ ।
एक गतेदेखि ६ दिनसम्म लगातार घटेको सुन चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३