काठमाडौँ – असार १४ गते देखि निषेधज्ञाको मिति सकिदै छ, त्यस पछि सार्वजनिक यातायात सञ्चालन गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन् । नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिइन् ।
दुई महिना देखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका हुन् । मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित छ, हामी क्रमिक ढंगले अघि बड्दै गएको छौ यातायात सञ्चालनका विषयमा सकारात्मक छलफल शुरु भएको छ, घिमिरेले भनिन् । विहिबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरुवीच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो । छलफलका क्रममा व्यवसायीहरुले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरु समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनायो । लामो तथा छोटो दुरीका यातायात सञ्चालन गरी अर्थतन्त्रलाई समेत विस्तारै चलायमान बनाएर लैजानुको विकल्प नभएको व्यवसायीहरुको सुझाव छ ।
प्रमुख जिल्ला अधिकारीहरुले भने सम्वन्धित निकायहरुसँग परामर्ष शुरु गरेको जनाउदै व्यवसाय सञ्चालनका विषयमा सकारात्मक रहेको जनाएका थिए । यता सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गरिदिन भन्दै व्यवसायीहरुले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए । सचिव श्रेष्ठले सीसीएमसीको बैठकमा मागपत्रसहित मन्त्रालयका तर्फबाट प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
व्यवसाय ठप्प हुदाँ यातायात मजदुरहरु विचल्लीमा परेको भन्दै राहतका कार्यक्रम ल्याउन सरकारसँग पटक पटक माग गरेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताए । व्यवसायीहरुले सरकारसँग सार्वजनिक यातायातमा बैज्ञानिक भाडा समायोजन गर्नु पर्ने, सहुलियतको र राहतको व्ययवस्था गर्नु पर्ने लगायतका माग गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३