काठमाडौं – नेकपा एमालेको भविष्य सर्वोच्च अदालतको भोलिको फैसलाले निर्धारण गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि भोलि सर्वोच्चले फैसला गर्दैछ । त्यस अघि सहमति गर्न वरिष्ठ नेता माधवकुमार नेपाल तयार भएनन् ।
आजै सहमति निकाल्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबाट कार्यदलले प्रयास गरिरहे । नेपालमाथि चौतर्फी दबाब पनि सृजना गरे । तर, नेपालले भोलि आउने फैसलापूर्व सहमति नबन्ने स्पष्ट जवाफ दिए ।
राष्ट्रिय सभामा बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतमले पनि सर्वोच्चको भोलिको फैसलापछि एमाले एक हुने बताएका थिए । उनको भनाई अर्थपूर्ण थियो ।
ओलीले भने जेठ २८ अघि नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै आएका थिए । अल्टिमेटम समेत दिएका थिए । तर, नेपाल ब्याक भएनन् ।
अब सर्वोच्च अदालतको भोलिको फैसलाले एमाले एक रहने वा नरहने टुंगो लाग्न सक्छ । अदालतले प्रतिनिधि सभा विघटनको पक्ष या विपक्षमा फैसला गर्ने हो ? देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिने हो या होइन ? यसले एमालेको भविष्य निर्धारण गर्नेछ । देशको राजनीतिक भविष्यमाथि पनि भोलिको फैसलाले दुरगामी असर पार्ने अनुमानहरु लगाइएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३