ग्लोबल आईएमई बैंक, नबिल बैंक, सनराइज बैंक, एनआईसी एसिया बैंक र हिलायन बैंकका कर्मचारी गत सातादेखि आन्दोलनमा उत्रिएका छन् । खाइपाई आएको सुविधा कटौती हुने र सामाजिक सुरक्षा कोषले ऐन संशोधन नगरी सहभागी हुन बाध्य बनाउन खोजेको भन्दै उनीहरूले ओन्दालन गरिरहेका हुन् ।
कोषले भने सरकारले कोष सञ्चालनका लागि बनाएको कार्यविधि र ऐनअनुसार नै सबै रोजगारदाता कम्पनीलाई २०७८ साल असार मसन्तभित्र कोषमा आवद्ध हुन सूचित गराएको जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाको कर्मचारीले गरिरहेको आन्दोलनप्रति ट्रेड यूनियन कांग्रेसले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। यसै बिच आफ्ना १४ बुँदे माग संवोधन भएमा मात्रै कोषमा आवद्ध हुने बैंक तथा वित्तीय संस्था कर्मचारी संघको भनाई छ ।
यूनियनले आफ्नो पहलमा सामाजिक सुरक्षा सम्वन्धि योजना अगाडी बढाएको दावी गर्दै श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन अनुसार नियमावली निर्माण नगरिएका बताएको छ । अनौपचारिक क्षेत्रमा संलग्न श्रमिकहरु कोषमा आवद्ध हुन नसक्नु तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले असन्तुष्टि त्यसै उपज भएको उसको भनाई छ । सामाजिक सुरक्षा कोषमा आउनु पर्ने त्रासले निजि क्षेत्रका बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु राजिनामा दिइएको भन्ने समाचारले चिन्तित बनाएको यूनियनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कोषविरुद्ध आन्दोलित बैंकका कर्मचारीले भने जतिसुकै बाध्य बनाए पनि सहभागी नहुने भन्दै देशव्यापी आन्दोलन गर्न चेतावनी दिइरहेका छन् ।कोष र विभिन्न राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरूले भने बैंकका कर्मचारी रहरले नभइ जागिर जोगाउन बाध्यताले कोषविरुद्ध आन्दोलनमा उत्रिएको आरोप लगाएका छन् । पछिल्लो समय कोष, रोजगारदाता र ट्रेड युनियनहरूबीच सामजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा समेत घोचपेच सुरु भएको छ ।
भिडियो
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३