काठमाडौँ – मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भोलि मंगलबार विहान ९ बजे बाँडफाँड हुने भएको छ।
सोमबार प्रिअलटमेन्ट गरिसकेको मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो ।
माग गरिएको भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् भने २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने छ ।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। आईपीओ बिक्री गरेपश्चात भने कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३